न्युजिल्याण्डमा ५ .९ म्याग्नीच्युडको भूकम्प : हजारौं व्यक्ति विस्थापित



काठ्माण्डौ-

न्युजिल्याण्डमा आइतबार बिहान ५ .९ म्याग्नीच्युडको भूकम्प आएपछी देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएको अनुमान गरिएको छ ।

भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ ।

स्थानीय समयानुसार आइतबार विहान ५ :३४ बजेतिर भूकम्प आएको हो । सुरुमा ५ .३ म्याग्नीच्युड र त्यसपछि सवै भन्दा ठूलो ५ .९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन् ।

भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार  ८ : २४ बजे