पोखराको ३३ का वडाध्यक्ष आचार्यको गाडीमा बम विष्फोट



न्यू सञ्चार्, पोखरा -९, मंसिर

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ४ : ३९ बजे