न्यू सञ्चार्, काठ्माण्डौ-
नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाकी एक विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागी एक लाख तीन हजार ३०० आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।
सानैमा बुवाआमा गुमाएकी र कमजोर आर्थीक अवस्थाले गर्दा अध्ययन अघी बढाउन असमर्थ अवस्थामा रहेकी महाकुलुङ गाउँपालिकाकी एकता कुलुङको उच्च शिक्षा अध्ययनका लागी नेता कार्किले सोलुखुम्बु जिल्लाका सञ्चारकर्मी र नेपाली कांग्रेस नेता कार्यकर्ताहरु सगको अनपौचारिक भेटघाट तथा छलफलको सन्दर्भमा काठ्माण्डौमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन ।
उक्त अबसरमा बोल्दै कांग्रेस नेता कार्कीले हाल काठ्माण्डौको जोरपाटी स्थित नेपाल हेल्थ केयर सेन्टरमा डिप्लोमा इन फार्मेसी बिषय अध्ययन गरिरहेकी एकताका शिक्षकहरुसग पनि आफुले कुरा गरेको र उनि अब्बल तथा जेहेन्दार छात्रा रहेको उनका शिक्षकहरुले आफुलाई जानकारी गराएको बताए ।

उनले आगामी दिनमा राम्रोसग आफ्नो अध्ययन अघी बढाएमा भबिष्यमा हुने उनको सबै पढाइ खर्च आफुले उपलब्ध गराउने पनि नेता कार्किले प्रतिबद्दता ब्यक्त गरे ।
अध्ययन अघी बढाउन उनलाई परेको समस्याका बारेमा कुरा गर्न भएको भेटमानै आफुले उनको अध्ययनका लागी सहयोग गर्ने निर्णय गरेको जानकारी गराउदै उनलाई सहयोग गर्न पाउदा खुशी लागेको समेत नेता कार्किले बताए ।
गत प्रतीनिधी सभा तथा प्रदेश सभा निर्बाचनमा सोलुखुम्बु जिल्लाको प्रदेश (क)मा कांग्रेसको तर्फ बाट उम्मेद्वार रहेका नेता कार्किले राजनितीलाई सामाज सेवासग जोड्दै जिल्लाका सरकारी सामुदायिक बिधालयहरु र सामुदायिक बिधालयमा अध्ययनरत बिधार्थीहरुलाई आव्श्यक बिभिन्न सहयोगहरु उपलब्ध गराउदै आएका छन ।
नेता एबम समाजसेवी कार्किले जिल्लाका बिभिन्न बिधालयका बिपन्न बिधार्थिहरुलाई आफ्नो निजी प्रयत्नमा छात्रबृत्ती प्रदान र आर्थीक श्रोत कमजोर भएकाले शिक्षक अपुग रहेका केहि बिधालयलाई शिक्षक राख्ने ब्यबस्था मिलाउदै आएका छन ।
उक्त भेटघाटमा सञ्चारकर्मीहरुसग कुरा गर्दै नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य एबम एक सफल ब्यबसायी समेत रहेका नेता कार्किले सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्श सफल बनाउन सरकारले आवाश्यक तयारी गर्नु भन्दा पनि सस्तो प्रचार मात्र गरी रहेको भन्दै भ्रमण बर्श सफल बनाउनका लागी योगदान गर्न सबैलाई आग्रह गरे । पर्यटन देशलाई सम्बृद्द बनाउने मुख्य आधार भएकोले पर्यटन क्षेत्रको बिकासका लागी सबैले एक्जुट हुनुपर्नेमा जोड दिए ।

उक्त भेटघाटमा नेपाली कांग्रेस सोलुखुम्बुका नेताहरु राम बहादुर बस्नेत, हुत्त राज बस्नेत, धर्म नेपालि , शम्भुहरी बास्तोला, निरकुमार शर्मा कटेल , हरी कटेल , सुर्य राइ,कर्मा शेर्पा, राजन बस्नेत, महिला नेत्री डोल्मा तामाङ्, समाज सेवी मन्दिरा बस्नेत कार्की, शिक्षक महासङ्घ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला र सोलुखुम्बुबाट काठ्माण्डौ आइ बिभिन्न सञ्चारमाध्यममा सक्रीय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सम्बन्धीत समाचार –
लायन्स क्लबको सहयोगमा सोलुखुम्बुको जालपा आधारभूत विद्यालयमा चार लाख तिस हजारको अक्षय कोष स्थापना
कांग्रेस नेता कार्कीद्वारा सोलुखुम्बुको बिपी संस्कृत माबिलाई ल्याप्टप हस्तान्तरण
सोलुखुम्बुमा नेपाली कांग्रेसको दोश्रो जनजागरण अभियान शुरु










