कम्युनिष्टहरुकै कारण देश लामो समय पछौटेपन र गरीबिबाट ग्रसित भएको हो : कांग्रेस वरिष्ठ नेता पौडेल



न्यू सञ्चार ,बाग्लुङ-

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुकै कारणले देश लामो समय सम्म पछौटेपन र गरीबिबाट ग्रसित भएको बताएका छन ।

बाग्लुङमा कांग्रेसले गरेको चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै  वरिष्ठ नेता पौडेलले  बिगतमा  कम्युनिष्टहरुले जात  , क्षेत्र र भाशालाई राजनितिको मुद्दा बनाएर  नेपालिको एकता र सामाजिक सद्भाबलाई खल्बल्याउने काम गर्दै देश बिकास र सुशासनको मुद्दालाई बिषयान्तर गरेर देशको बिकाश र सम्बृद्दिमा बाधा पुर्याएको बताएका हुन ।

बिगतमा माओबादीहरुले गरेको युद्दले देशको बिकाश र सम्बृद्दिलाई दशकौ पछी धकेल्ने मात्रै काम गरेको स्मरण राउदै नेता पौडेलले माओबादी युद्दले कम्युनिष्ट नेतालाई सम्पन्न र देशलाई गरीब बनाएको आरोप लगाए ।गरीबको पार्टी भनेर जनता झुक्याउने राजनिती गरेर कम्युनिष्टहरुले आफ्नो दुनो सोझाउने काम गरेको आरोप लगाउदै नेता पौडेलले गरीब जनताका नाममा गरिएको युद्दबाट जनताले के पाए ? पौडेलले प्रश्न गरे ।

जाल झेल र सड्यन्त्रको राजनिती गरेर जनतालाई झुक्याउदै सत्तामा पुग्ने र कमाउ धन्दा चलाउनेहरुसग अब सबै सचेत हुनुपर्ने पौडेलको भनाइ थियो ।कम्युनिष्टहरुलाई मतदान गरेर पछी पछुताउनु भन्दा अहिलेनै कांग्रेसलाई मतदान गर्न सबैलाई आग्रह गर्दै बरीष्ठ नेता पौडेलले अझै पनि कम्युनिष्ठरुलाई मत दिए पछुताउनु पर्ने दिन आउने तर्फ सचेत गराए। पौडेलले कम्युनिष्टहरुसग देशलाई सुसासित र सम्बृद्द बनाउने क्षमता र इमान्दारिता दुबै नभएको उल्लेख गरे ।

कम्युनिष्टहरुकै कारण देशमा फेरी राजनितिक  अस्थिरता आउने र बिकाश र सम्बृद्दिको यात्रा थप पछी धकेलिने दाबी गर्दै बरीष्ठ नेता पौडेलले भने, “ जनतालाई झुठा सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको छ , सम्बृद्दिको नारा लगाउने सरकार आफै भ्राष्टाचारीहरुको  संरक्षक बनेको छ, भ्रष्टाचार देखी नैतिक पतन सम्मका काण्डै काण्डहरु सार्बजनिक भएका छन । कम्युनिष्ट सरकारको पालामा देशमा इतिहासमा  सबैभन्दा बढी भ्रष्टाचार भइरहेको र सार्बजनिक सम्पतिको अत्याधिक दुरुपयोग भइरहेको बारीष्ठ नेता पौडेलले आरोप लगाए ।

सरकारले काँग्रेसले शुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट काँग्रेसलाई गाली गरिरहेको पौडेलको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै नेता पौडेलले प्रतिपक्षी पार्टी र सबै जनता एक्जुट हुँदा समेत देशको सिमानाको रक्षा गर्न नसक्नु सरकारको असफलता भएको दाबी गरे ।

 

 

 

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  ८ : १० बजे