न्यू सञ्चार ,बैतडि-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले लोकतान्त्रिक शक्ति एक भएर अधिनायकवादका बिरुद्ध लडनुपर्ने बताएका छन् ।
सुर्नया गाउपालिका वार्ड नम्बर–१ बैतडीमा आयोजित चुनावी सभालाई प्रमुख अतिथिको रुपमा गरेको सम्बोधनमा नेता लेखकले उपचुनाबमा कांग्रेसको पक्षमा मतदान गर्न आव्हान गर्दै आन्तरिक र बाह्य रुपले कम्युनिस्टहरुले मुलुक बर्बाद बनाईसकेकोले लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई जिताउनुपर्ने धारणा राखे ।
नेता लेखकले सरकार कम्युनिस्ट सरकारले संविधान विरोधी काम गरेर लामो संघर्षपछि बनेको संविधान भत्काउन आरोप लगाए ।
कम्युनिस्ट सरकारले संविधान भत्काउने काम गरेको उनको आरोप छ । उनले भने,‘यो सरकार विकासबिरोधी हो।रेल र पानी जहाजका सपना बाँडने सरकारले पुर्ववर्ती सरकारले शुरु गरेका कार्य समेत रोकेको छ ।
म मन्त्री हुँदा अरवौं रुपैया बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोर, पाटन पन्चेस्वर लगायतका सडकको काम बजेट अभावमा रोकिएका छन् ।’
प्रदेश सरकार र नेकपाका नेताहरु उपभोक्ता समितीमार्फत बजेट वितरण गरेर कमिशनका नाममा भ्रस्टाचार गरिरहेको पनि उनले आरोप लगाए । वर्तमान सरकार मानव अधिकार ओरेस स्वतन्त्रताप्रति अनुदार रहेको पनि उनले टिप्पणी गरे ।








