न्यू सञ्चार,दाङ्-
काँग्रेस महामन्त्री डा शशांक कोईरालाले अब कम्युनिष्ट पार्टिसग आशा गर्ने ठाउ सकिएकोले काँग्रेसलाई मतदान गर्न आग्रह गर्दै चुनाबमा देशैभरी काँग्रेसले चुनाब जित्ने दाबी गरेका छन ।
दाङ छेत्र न ३ प्रदेस (ख)को बिशाल चुनाबी शभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकार बने देखी अहिले सम्मको कामको मुल्याङ्कन गर्दा सरकारसग सन्तुष्ट हुने र थप आशा गर्ने अवस्था नरहेको बताएका हुन ।
सरकारले संविधान र लोकतन्त्र बिरोधी काम गरिरहेको उल्लेख गर्दै बर्तमान सरकारले जनमतको सिधै अपमान गरेको आरोप लगाए । प्रतिपक्षी पार्टीको रुपमा नेपाली काँग्रेसले सरकारका राम्रा कामलाई समर्थन गर्दा पनि सरकारले उल्टै राजनितिक असहिष्णुता प्रदर्शन गरी रहेको महामन्त्री कोइरालाले दाबी गरे ।सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोले देशमा सुशासन र सम्बृद्दी आउछ भन्ने कुरा अब कसैले पत्याउन छाडी सकेको नेता कोइरालाले उल्लेख गरे ।
अरु केहि गर्न नसके पनि महङ्गी नियन्त्रण गरेर जनातालाई राहत मात्रै दिएको भए पनि जनाताको दैनिकी सहज हुने उल्लेख गर्दै कोइरालाले भने ‘ठुला ठुला सपना मात्रै बाड्ने तर सना साना समस्याअको समाधान पनि नगर्ने सरकारको काम गराइ छ’ कोइरालाले देशमा काँग्रेसको नेतृत्व स्थापित नभए सम्म सुशासन बिकाश र सम्बृद्दिले गती नलिने दाबी गरे ।
आसन्न निर्बाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्दै महामन्त्री कोइरालाले देशलाई राजनितिक स्थिरता र बिकाशको बाटोमा अघी बढाउन काँग्रेसको बिकल्प नभएकोमा जोड दिए ।
कार्यक्रममा जनाताको ठुलो उपस्थितीप्रती सङ्केत गर्दै कोइरालाले दाङमा काँग्रेसले चुनाब जित्ने दाबी गर्दै देशैभरी काँग्रेस नेता कार्यकर्ताहरुमा आफुले आत्मबिश्वाश र उत्साह देखेको उल्लेख गरे ।
अहिलेको उपचुनाब देशै भरी काँग्रेसको पक्षमा सकारात्मक बन्दै गएको कोइरालाको भनाइ थियो ।










