न्यू सञ्चार, खोटाङ्-
खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा हुन गइरहेको उपनिर्वाचनको क्रममा सत्तारुढ नेकपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले उजुरी दिएको छ ।
नेकपाले व्यापक आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराईले कारवाहीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय समक्ष उजुरी दिएका हुन् ।
कांग्रेस क्षेत्रीय समितिले शुक्रबार छुट्टै विज्ञाप्ती जारी गर्दै निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले योजना वितरण गर्ने, चन्दा–पुरस्कार दिने, आर्थिक प्रलोभनमा पार्नेजस्ता गतिविधि भएको भन्दै आपत्ती जनाएको छ ।

सरकारी सवारी साधनहरु नेकपाको चुनाब प्रचार प्रसारमा प्रयोग भइ रहेको प्रती पनि कांग्रेसले आपत्ती जनाएको छ ।
तेस्तै कांग्रेसले निर्बाचन आचार सम्हिता शुरु भए देखिको उक्त गाउपालिकाको आर्थिक कारोबार सार्बजनिक गर्न समेत माग गरेको छ ।











