न्यू सञ्चार,काठ्माण्डौ-
वरिष्ठ पत्रकार एबम बाल साहित्यका लेखक विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।
मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
कसजू निमोनिया, मधुमेहलगायत रोगबाट पीडित थिए ।
पाल्पमा सन् १९४७ मा जन्मिएका कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त रहेका थिए ।
उनले राससको पूर्वसञ्चालक समितिमा समेत रहेर काम गरेका थिए।








