कास्किमा सत्ताको दुरुपयोग गर्दै नेकपाले बुथ क्याप्चराको तयारी गरेको काँग्रेस वरिष्ठ नेता पौडेलको दाबी



पोखरा –

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै  चुनाव हार्ने डरले सत्ताको दुरुपयोग गर्दै नेकपाले कास्कीमा बुथ क्याप्चर गर्ने तयारी गरेको  आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले सरकारले चुनाव हार्ने डरले बुथ क्याप्चर गर्ने कुरा सुन्नमा आएको भन्दै प्रशासनलाई सचेत हुन आग्रह गरेका हुन । पत्रकारहरुसग कुरा गर्दै बरीष्ठ नेता पौडेला-ले भने , ‘निष्पक्ष, धाधलीरहित चुनाव बनाउन मेरो आग्रह छ । स्वच्छ चुनाव होस् । जनताले गरेको मूल्याङ्कन यो चुनावमा जस्ताको त्यस्तै आउनुपर्छ’, ।

कम्युनिस्ट सरकारले सत्ताको आडमा जे पनि गर्न सक्छन भन्दै नेता पौडेलले जनाताले सुरक्षित रुपमा आफुले चाहेको ठाउम मतदान गर्न पाउनेमा आशङ्का ब्यक्त गरे । निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई चुनाव उठाएकाले कास्कीका काँग्रेसले नै चुनाव जित्ने दाबी गर्दै पौडेलाले देशैभरी  काँग्रेसप्रती जनता आकर्षित रहेको उपनिर्बाचनका क्रममा देखिएको बताए । ।

फरक प्रसङ्गमा बोल्दै नेता पौडेलले प्रतिपक्षी पार्टी र सबै जनता एक्जुट हुँदा समेत देशको सिमानाको रक्षा गर्न नसक्नु सरकारको असफलता भएको दाबी गरे ।कालापानीको तथ्य आफुले आफुले बाहिर ल्याउन पहल गरेको दाबी गर्दै पौडेलाले भने ‘म सभामुख हुँदा तथ्य कुरा लुकाइयो भन्ने आरोप लगाए । कालापानी लिपुलेकको बारेमा अहिले जसरी कुरा आइरहेको छ । वास्तवमा कालापानीको तथ्य बाहिर ल्याउने पहिलो व्यक्ति नै मै हु’ पौडेलले दावी गरे ।

 

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ७ : ३१ बजे