प्रधानमन्त्री ओलिको स्वास्थ्यमा उल्लेख्य सुधार ,आइसियूबाट वार्डमा सार्ने तयारी



न्यू सञ्चार,काठ्माण्डौ-

स्वास्थ्यमा सुधार हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आइसियू)बाट आज वार्डमा सारिने तयारी भएको छ।

ले प्रधानमन्त्रीलाई वार्डमा सार्नेबारे चिकित्सकहरूले छलफल गरिरहेको ब ताइएको छ । दुई दिनपछि प्रधानमन्त्री ओली हिँड्न सक्ने भएका हुन्। आज बिहान उनी बेडबाट उठेर हिँडेका थिए। प्रधानमन्त्रीले आज परिवारका सदस्यलाई पनि भेटेका थिए।

मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो।

 

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ८ : ३५ बजे