न्यू सञ्चार,महोत्तरी-
उपनिर्बाचन जकिकै आउँदा महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बिहीबार अपरान्ह बम विस्फोट भएको छ ।
उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेकाे बेला ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् ।
विस्फोटबाट चौधरीको घरको पर्खाल र शौचालयमा क्षति पुगेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
छटना बिप्लब नेकपाले गराएको प्रहरिको आशङ्का छ ।घटनाबारे थप अनुसन्धान अघि बढाएको र जिल्लाको सुरक्षा अवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।








