न्यू सञ्चार,काठ्माण्डौ
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली रूस र सर्वियाको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।
अझै दुई दिनपछि फर्कने पूर्वनिर्धारित कार्यक्रम भए पनि मन्त्री ज्ञवाली शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको मन्त्री ज्ञवालीले बताए।
भ्रमणका क्रममा रूसी समकक्षी सर्गेई लाभरोभसँग द्विपक्षीय भेटवार्ता गर्दै उनले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए ।








