त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मध्य रातमा ८ किलो सुनसहित दुई जना चिनियाँ पक्राउ



काठमाडौं, मंसिर १३ –

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

राति ११ बजे हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत् नेपाल आएका उनीहरुलाई बोर्डर चेकजाँचको क्रममा पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनीहरु दुबैले ४–४ किलो सुन बोकेर नेपाल आएका थिए। पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अन्य कसैका भरिया बनेर नेपाल आएका हुन भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार नै उनीहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  ६ : ३१ बजे