सिद्धबाबा भनिने कृष्णदास गिरी बलात्कारको आरोपमा पक्राउ



न्यू सञ्चार,इटहरि-

बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीले बिहीबारनै कृष्णदास विरुद्ध मुद्धा दायर भएको प्रदेश प्रहरी कार्यलय स्रोत्रले जनाएको छ । जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पछी प्रहरिले उनलाई पक्राउ गरेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यलयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी विहानै देखि प्रहरी नियन्त्रणमा छन । जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर मात्र पक्राउ परेको सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

प्रहरीले कृष्णदास पक्राउको विषय सार्वजनिक गर्ने तयारी गरेको प्रदेश प्रहरी कार्यलय विराटनगर स्रोतले जानकारि गराएको छ ।

सिद्धबाबा भनिने गिरी माथी  आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो ।

बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन ।

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  १० : २८ बजे