रोल्पाको थबाङमा जम्मा १६ प्रतिशत मात्र मत खस्यो : विप्लव कार्यकर्ता चुनाब हेर्न आए, मत दिएनन्



हिमाली खड्का , रोल्पा-

रोल्पाको थबाङ गाउँपालिका-१ मतदान केन्द्रमा दिउँसो ४ बजेसम्म बल्ल १६ .०९५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस वडामा बिहानैदेखि मतदाताको न्यून उपस्थिति थियो।जम्मा १०२८४ मतदाता रहेकोमा २०९ जनाले मात्रै मतदान गरेका छन ।जस्मा ११२ महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका हुन ।थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भए पछी उक्त वडामा उपनिर्बाचन भएको हो ।

उक्त क्षेत्रमा बिप्लब नेकपाको प्रभाब बढी रहेको र स्थानियहरुको समर्थन बिप्लब नेकपाप्रती रहेको छ ।बिप्लब नेकपा निकटहरुले मतदानमा भाग नलिएपछी उक्त मतदान केन्द्रमा थोरै मात्र मत खसेको बताइएको छ ।

दिउँसो दुई बजेदेखि मतदान स्थलमा मतदाता छैनन्। साँझ ५ बजेसम्म पनि मत बढ्ने अवस्था छैन।

बिप्लब नेकपा समर्थित स्थानियहरु मतदान हेर्न मतदानस्थल सम्म आए पनि उनिहरुले मतदानमा भाग लिएनन ।

बिप्लब नेकपामाथि हाल सरकारले प्रतिबन्ध लगएको छ ।

उक्त समुहलाई बार्ता मार्फत राजनितिको मुलधारमा ल्याउने प्रयतन नगरि सरकारले प्रतीबन्ध लगाउने निर्णय गर्दा सरकारको आलोचना भएको थियो ।

प्रतिपक्षी नेपालि कांग्रेसले उक्त बिषयलाई लिएर सदन समेत अबरुद्द गरेको थियो ।

विप्लब समुहलाई बार्तामा ल्याएर समस्या समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर सरकारले देशमा अशान्तिको बिउ रोपेको कांग्रेसले आरोप लाएको थियो ।

 

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  ११ : १० बजे