रोल्पाको थवाङ वडा नम्बर १ को वडाध्यक्षमा नेकपा विजयी



१४ मंसिर, काठमाडौं

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेकपा विजयी भएको छ ।

यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वार फर्कबहादुर बुढामगरले जितेका थिए ।

शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगरले १७४ मत र कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।

उक्त वडामा जम्मा १६ .०९५ मत खसेको थियो ।बिहानैदेखि मतदाताको न्यून उपस्थिति रहेको उक्त वडामा जम्मा १०२८४ मतदाता रहेकोमा २०९ जनाले मात्रै मतदान गरेका छन ।जस्मा ११२ महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका थिए ।

बिप्लब नेकपाको प्रभाब बढी रहेको उक्त क्षेत्रमा बिप्लब नेकपा समर्थकहाँरुले मतदानमा भाग नलिएपछी थोरै मात्र मत खसेको हो ।

थप समाचार –

रोल्पाको थबाङमा जम्मा १६ प्रतिशत मात्र मत खस्यो : विप्लव कार्यकर्ता चुनाब हेर्न आए, मत दिएनन्

प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार  १ : ४३ बजे