धरान धरानमा मेयरका लागी भएको उपचुनावको मतदान सम्पन्न भएको छ । धरानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
आज बिहान ७ बजेदेखि ५ बजेसम्म कुल मतदाताको ५९ प्रतिशत मत खसेको हो ।
धरानमा २८ मतदान स्थल र ९९ मतदान केन्द्र थिए । प्रारम्भिक रिपोर्ट अनुसार ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
धरानमा ९२ हजार ८ सय ५३ मतदाता छन् । शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा उत्साहप्रद सहभागिता रहेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । धरानको प्रमुखसहित वडा नम्बर ७ को अध्यक्ष पदका लागि उपनिर्वाचन भएको थियो ।










