कास्कीमा विद्याले जितीन ,खेमराजले दिए बधाइ



काठमाडौं-

कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छिन्। उनले नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गरेकी हुन्।

विजय भएपछि विद्याले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कास्केली जनताले रवीन्द्र अधिकारीलाई सम्मान गरेको प्रतिक्रया दिइन्।

यसैबीच कांग्रेसका उम्मेदवार खेमराज पौडेलले अन्तिम मतपरिणाम सार्वजनिक भएपछि विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई तथा शुभकामना दिएका छन ।

उनले ट्विटरमा लेखेका छन्, ‘ विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु।’

उनले भनेका छन्- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो,

कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गर्दै उच्च राजनितिक संस्कार संस्कार प्रदर्शन गरेका छन ।

 

प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार  १ : ४३ बजे