परोपकार क्षेत्रमा लायन्स क्लबको निरन्तरता, अपाङ्गता भएका ब्यक्तीहरुलाई सहायक सामाग्रीहरु बितरण



न्यू सञ्चार,काठ्माण्डौ-

लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलले काठ्माण्डौमा एक कार्यक्रम गरेर अपाङ्गता भएका ब्यक्तीहरुलाई बिभिन्न सहायक सामाग्रीहरु बितरण गरेको छ ।

राष्ट्रीय अपाङ्ग कोषसगको सहकार्यमा  काठ्माण्डौको भृकुटिमण्डपमा सम्पन्न भएको एक कार्यक्रमका बिच क्लबले अपाङ्गता भएका करीब बत्तिस जनालाई तीन लाख पचास हजार बराबरका बिभिन्न सहायक सामाग्रीहरु बितरण गरेको हो ।

कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरुको लागी व्हील चेयर, सेतो छडी , कृत्रीम हातखुटा लगायातका बिभिन्न ३० वटा सहायक सामाग्रीहरु बितरण गरिएको लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटल अध्यक्ष मन्दिरा बस्नेत कार्किले बताउनुभयो ।क्लबका पूर्व अध्यक्ष किशोर भक्त श्रेष्ठको बिशेश अगुवाइ र नेतृत्वमा उक्त सामाग्रीहरु बितरण गरिएको हो ।

उक्त अबसरमा आफ्नो धारणा राख्दै कार्किले सामाजिक सेवा नै क्लबको उद्देश्य रहेको र आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताउनुभयो ।क्लबका सबै सदस्यहरुको महत्वपुर्ण योगदानकै कारण क्लबले निरन्तर सामाजिक कामलाई अघी बढाउन सकेको भन्दै वहाँले क्लबमा आबद्द सबै सदस्यहरुको निरन्तर सहयोग रहने बिश्वाश समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ काठ्माण्डौ क्यापिटलका पूर्व अध्यक्षहरु हरिशङ्कर निरौला, किशोर भक्त श्रेष्ठ ,महेश गोयल ,लगायत क्लबका अन्य पदाधिकारी, सदस्यहरु र राष्ट्रीय अपाङ्ग कोषका ,पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रीय अपाङ्ग कोष सगको सहकार्यमा क्लबले बर्ष अपाङ्गता भएका ब्यक्तीहरुलाई हरेक बर्ष सहायक सामाग्रीहरु बितरण गर्दै आइरहेको छ ।

त्यस बाहेक क्लबले दुर्गम क्षेत्रका बिधालय र बिधार्थीहरुलाई समेत बिभिन्न सहयोग गर्दै आइरहेको छ ।जस अन्तर्गत अघिल्लो बर्ष क्लबले  सोलुखुम्बु,ओखलढुङ्गा,रामेछाप, लगायत जिल्लाहरुका सरकारी सामुदायिक बिधालयहरुमा ५० वटा ल्याप्टप बितरण गरेको थियो भने यसै बर्ष सोलुखुम्बुको नेचा सल्यान गाउपालिकास्थित जालपा आधारभूत विद्यालय सगको सहकार्यमा चार लाख तिस हजार रुपैयाको बिधार्थिहरुका लागी कल्याणकारी अक्षय कोष स्थापना गरेको छ ।

यस बर्ष पनि बिधार्थिहरुलाई झोला लगायतका सामाग्रीहरु मार्फत सहयोग गर्ने कार्यक्रम रहेको क्लब अध्यक्ष मन्दिरा बस्नेत कार्किले बताउनुभयो ।

 

 

प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार  २ : ४३ बजे