मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानको चुनाब नेकपालाई मात्रै होईन कांग्रेसलाई पनि पाठ



धरान –

भर्खरै सकिएको उप निर्बाचनमा सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका उम्मेद्वार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

२०४८ सालदेखि लागातार नेकपा विजयी हुँदै आएको यस क्षेत्रमा अब कांग्रेसको उदय भएको छ ।यसले जनताको मन जित्नसके सत्तामा नहुँदा पनि चुनाब जित्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरेको छ ।

५५ हजार मत खसेको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका छन्।

धरानबाट कांग्रेसले के सिक्ने ?

यस्पटकको उपनिर्बाचनमा धरान कांग्रेसले स्थानिय स्तरमै छलफलबाट उम्मेद्वार टूङ्गो लगाएर एकताको सन्देश दिएको थियो । निर्बिबाद रुपमा स्थानिय सहमतिमै उम्मेद्वार टुंग्याउने धरान कांग्रेसको निर्णयले टिकट बितरणमा केन्द्रिय नेताहरुको हस्तक्षेप् र पार्टिमा बिभाजन लायाउन सक्ने सबै सम्भाबनाहरुलाई अन्त्य गरेको थियो ।अहिलेको चुनाबमा धरानमा कांग्रेसले जित्नुको पहिलो आधार यही हो ।

चुनाबको मुख सम्म उम्मेद्वार छानिन नसक्ने र अन्य पार्टिले प्रचार प्रसार भ्याइ सक्दा सम्म टिकट र अनेक आन्तरिक उल्झनमा फस्नुपर्ने बाध्याताबाट पटक पटकका निर्बाचनमा कांग्रेस उम्मेद्वारहरुको चुनाबी प्रदर्शन फितलो हुने गरेको कांग्रेसका धेरै नेता कार्यकर्ताहरुले गुनासो गर्ने गरेका छन ।

तर यस्पटकको निर्बाचनमा निर्बाचनको माहोल शुरु नहुँदै धरानमा कांग्रेसले सहमतिमा उम्मेद्वार टूङ्ग्याएर प्रचार प्रसारमा उत्रियो र जित हासिल गर्यो ।

यसपटकको निर्बाचनमा पनि  जहाँ जहाँ टिकत बितरणमा हस्तक्षेप र बिबादहरु सिर्जना भए ति क्षेत्रहरुको  भन्दा स्थानिय रुपमै सहज ढङ्गले उम्मेद्वारहरु छानिय त्यहाको परिणाम कांग्रेसको पक्षमा राम्रो आएको देखियो ।यसबाट  नेपाली कांग्रेसको नेतृत्वले पनि सिक्न जरुरी छ ।

पञ्चायतकालमा समेत कम्युनिस्टहरुले धरानलाई आधार क्षेत्र बनाएर पुर्बी नेपालमा संगठन निर्माण गर्ने गरेका थिए । धरानमा लामो समय स्थानिय सत्ताबाट बाहिर रहेको कांग्रेसले चुनाब जित्नु सच्चिकै मुश्किल कुरा थियो  तर टिकट बितरणमा नेतृत्वको हस्तक्षेप नहुँदा र स्थानिय सहमतिमा निर्बिबाद उम्मेद्वार छनोट गर्दै एकताको सन्देश दिदा कांग्रेसले चुनाब जित्ने पहिलो खुड्किलो तयार भएको हो ।

पुर्ण एकताका साथ सबैले एउटै अभियान लिएर  चुनाबको प्रचार प्रसार थाल्दा पार्टिका कार्यकर्तामा भएको उत्साहा सञ्चार र बर्तमान सरकार प्रतिको असन्तुष्टी जोडिदा २०४८ सालदेखि लागातार नेकपा विजयी हुँदै आएको क्षेत्रमा कांग्रेसले चुनाब जित्न सफल देखियो ।

धरानका नबनिर्बाचित  मेयर तिलक राईको सहयोगी र सामाजिक छबीले पनि नेकपालाई हराउन मद्दत पुर्यायो ।

नेकपालाई पाठ-

धरानमा भएको नेपाली कांग्रेसको जित निकैनै अर्थपुर्ण छ ।धरानका मतदाताले परिवर्तनको पक्षमा मतदान गरेर २०४८ सालदेखि यस क्षेत्रमा नेकपा विजयी हुँदै आएको नेकपालाइ गतिलो पाठ सिकाएका छन ।

२०४८ सालको आमनिर्वाचनमा तत्कालिन (एमाले)का अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए ।त्यस एताका सबै चुनाब कम्युनिष्ट पार्टिले जित्दै आएका थिए ।यस अघिको स्थानिय निर्बाचनमा पनि तत्कालिन नेकपा (एमाले)का तारा राई चार हजार मतान्तरले विजयी भएका थिए ।

दुई वर्षअघिको स्थानीय चुनावमा २० वडा मध्ये कांग्रेसले  मुश्किलले केहि वडामा मात्रै जितेको थियो तर अहिलेको चुनाबमा कांग्रेसलाई जिताएर धरानका जनताले परिवर्तनको चाहना ब्यक्त गरेका छन ।

जनता स्थायी रुपमा कसैको पक्षमा हुँदैनन भन्ने त्यहाका मतदाताले प्रष्ट सन्देश दिएका छन । जनता कुनै एउटा पार्टी वा एउटै नेताका पछी सधै  लागी रहदैनन, जनता समाज र समयको परिवर्तनलाई पछ्याउन नसके जनता आफैले परिवर्तन खोज्छन भन्ने स्पष्ट सन्देश धरानको चुनाबबाट ब्यक्त भएको छ ।

नेकपाका केन्द्र देखी गाउसम्मका सरकारले जताततै बढाएको करका कारण पनि धरानमा जनताले नेकपाको बिकल्प खोजेको बताइन्छ ।

सत्ताको  अहङ्कार र  हुङ्गकार छोड्दै अरुलाई मानमर्दन मात्रै गर्नेलाई अन्तत : जनताले नै छोड्छन भन्ने पाठ बर्तमान सत्तारुढ नेकपालाई जनताले राम्रै सग सिकाएका छन ।सता नहुँदा पनि जनताको मन जित्नेले चुनाब जित्छन भन्ने मान्यता धरान बासिहरुले स्थापित गराएका छन ।

 

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : ५१ बजे