आगामी मंसिर २६ गते काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक, के के हुँदैछ बैठकमा ?



काठ्माण्डौ-

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  काँग्रेस केन्द्रिय कार्यलय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन ।

मुख्य सचिब पौडेलले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका जानकारी गराएका छन ।

बैठकमा भर्खरै सकिएको उपनिर्बाचनका बारेमा छलफल हुने बताइएको छ ।तेस्तै बैठकमा भात्रीसंस्थाहरुको सुधारका बिषयमा समेत छलफल हुने बताइएको छ ।

तेस्तै आगामी पुस ७ गतेबाट सुरु हुने तेस्रो चरणको राष्ट्रिय जागरण अभियानबारे पनि बैठकमा छलफल हुने कार्यसुची रहेको छ ।

 

प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार  ९ : ५६ बजे