काठमाडौं, १८ मंसिर ।
उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्ने भएका छन् ।उपचारको क्रममा हाल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेका प्रधानमन्त्री ओलीे केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकहरुको निगरानिमा राखिएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुन केही समय लाग्छ।








