एजेन्सी –
हवाई राज्यमा रहेको अमेरिकाकोको सैन्य बेस पर्ल हार्बरमा बुधबार अपरान्ह एक आक्रमणकारीले अन्धाधुन्ध गोलीबारी गरेका छन् ।
आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
उक्त हमलाबाट अमेरिकि रक्षा विभागका २ कर्मचारि मारिएको बताइएको छ ।एकजनाको अवस्था गम्भिर रहेको छ । हमलापछी हमलाकारिले आफुलाई पनि गोली हानेर मारेको र हमलाकारि ब्यक्ती अमेरिकी नौसैनिक रहेको समाचारमा जनाइएको छ ।
आक्रमण भएको समयमा भारतीय वायुसेना एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै थिए । उनी हिन्द–प्रशान्त क्षेत्रका अफसरों के साथ एक कार्यक्रममा हिस्सा लिइरहेका थिए। घटनामा भारतीय वायुसेनाका सबै अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ।
पर्ल हार्बर अमेरिकाको हिंद-प्रशांत महासागर क्षेत्रमा परिचालित अमेरिकि सैनिक फौजको अत्याधुनिक सैन्य प्रबिधिको बिकाश हुने ठाउ समेत हो ।

पर्ल हार्बरमा युद्दक जहाज जहाज तथा पनडुब्बिहरुको आधुनिकीकरण र नियमित मरम्मत सम्भारको काम समेत हुने गरेको छ ।

पर्ल हार्बरमा अमेरिकाका करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बि सहित उच्च प्रबिधियुक्त अमेरिकि फौज तैनाथ रहेको छ ।










