काठ्माण्डौ-
भारतको राजधानी दिल्लीस्थित अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानाको एउटा भवनमा आगो लाग्दा ज्यान गुमाउनेहरूको सङ्ख्या ४३ पुगेको छ।
लोक नायक अस्पतालकी डा . रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार कैयौँ घाइतेहरूको उपचार भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए
घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०-१० लाख भारु दिने घोषणा गरेका छन्।
घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक-एक लाख राहत रकम दिने उनको भनाइ छ।
दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको छ तल्ले भवनमा बिहान सबेरै आगो लागेको हो।
कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।










