न्यू सञ्चार,काठ्माण्डौ-
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी आफ्नै अग्रसरतामा तिब्र गृहकार्य अघी बढाएका छन ।
पार्टी एकताभएको लामो समय बितिसक्दा समेत एकताका सबै काम नटुङ्गिएकोले नेताहरु दबाब बढ्दै जादा प्रचण्डले गृहकार्य थालेका हुन ।
उनले सोमबार सचिवालयको बैठक बोलाएका छन् भने बैठकअघि आइतबार मुख्य नेताहरुसँग परामर्श गरेका छन् ।
प्रचण्डसँग परामर्सका लागी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए ।








