न्यू सञ्चार, काठ्माण्डौ-
नेपाली कांग्रेस रोल्पाका शभापती तथा पूर्व मन्त्री अमर सिंह पुनले कांग्रेसमा रुपान्तरणको खाचो औल्याएका छन ।
हाम्रो नेविसंघ संगगठित र प्रशिक्षित नेविसंघ अभियानले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै पूर्व मंत्री पुनले कांग्रेस भित्रका समस्याहरु साच्चिकै समाधान र पार्टीको रुपान्तरण गर्नका लागि पार्टी नेतृत्व तयार हुनु पर्ने बताउदै अन्यथा पार्टीको अवस्था सुधार हुन नसक्ने बाताएका हुन ।
गुटा बन्दीका कारण पार्टी पछाडी परी रहेको अवस्थामा पार्टी नेतृत्व अझै पनि गुट गत मानसिकता भन्दा बाहिर जान नसकेको आरोप लगाउदै नेता पुनले यतिबेला पार्टी अफ्ठेरो अवस्थामा आइपुगेको हुँदा अब अघी बढ्न पार्टिको नेतृत्व सच्चिनै पर्ने दाबी गरे ।

कांग्रेस रोल्पाका शभापती समेत रहेका पुनले रोल्पामा बिगतको माओबादी युद्धका कारण सयौ कांग्रेस नेताहरुले ज्यान गुमाउनु परेको स्मरण गर्दै त्यसका बाब्जुत पनि पार्टिको सङ्गठन, बिचार र कार्यक्रमलाई निरन्तरता दिदै आफुहरु अघी बढी रहेको बताए ।रोल्पामा कांग्रेसको सङ्गठन राम्रो रहेको दाबी गर्दै उनले गत स्थानिय तह निर्बाचनमा धेरै ठाउमा जितको नजिक पुग्दा पनि पार्टी भित्रको गुटबन्दी र आन्तरिक असहयोगका कारण पार्टिको पक्षमा परिणाम आउन नसकेको उल्लेख गरे ।
कार्यक्रममा नेविसंघ पूर्व महामन्त्री गजेन्द्र कार्कि, निबर्तमान उपाध्यक्ष सागर परियार लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
नेविसंघका नेता डा. केदार सुबेदिको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।








