न्यू सञ्चार ,काठ्माण्डौ-
नेपाल तरुण दलले बाँकेको कोहलपुरमा स्कुले बालिकालाई ट्रकले कुल्चेपछी उत्पन्न भएको परिस्थितिप्रती आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
दलका अध्यक्ष जित्जङ बस्नेतले बिज्ञप्ती गर्दै घटनापछी कोहलपुरमा विद्यार्थीहरुमाथि प्रहरीले गरेको दमन प्रती खेद ब्यक्त गरेका हुन । ।अध्यक्ष बस्नेतले प्रहरीले स-साना विद्यार्थीमाथि अन्धाधुन्ध लाठी र गोली प्रहार गर्नु अक्षम्य हो भन्दै घटनाका दोषिलाई तत्काल छनबिन र कार्बाही गर्न माग गरेका छन ।
दोशिलाई कार्बाहिको प्रकृयामा नल्याइए तरुण दल चुप लागेर नबस्ने अध्यक्ष बस्नेतले चेतावनी दिएका छन ।
अध्यक्ष बस्नेतले घटनामा परी घाइते भएकाहरुको उचित उपचारको प्रबन्ध मिलाउन समेत सरकार सगा माग गरेका छन ।
आइतबार बिहान कोहलपुरमा ट्रकले ठक्कर दिदा कक्षा ७ मा पढ्ने कोहलपुर १० की प्रकृति चन्द सख्त घाइते भएपछि नेपालगन्ज-कोहलपुर खण्डमा प्रदर्शन चर्केको थियो स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित १५ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरिले बिधार्थिहरुमाथी निर्मम बल प्रयोग गरेकोमा प्रहरिको सर्बत्र आलोचना भइ रहेको छ ।









