न्यू सञ्चार ,काठ्माण्डौ-
बाँकेको कोहलपुरमा बिधार्थी माथी भएको दमनको बिरोधमा भएको घटनाको विरोधमा काठमाडौंमा नेपाल विद्यार्थी संघ काठमाडौंमा नेविसंघले प्रदर्शन गरेको छ ।
प्रहरीले विद्यार्थीहरुमाथि चरम दमन गरेको भन्दै नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस एकाइको नेतृत्वमा नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमै पुगेर समापन भएको थियो ।
कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्न र्यालिमा सहभागिहरुले माग गरे ।
र्यालिपछी बिरोध्शभालाई स म्बोधन गर्दै नेविसंघका नेता मनोज वैद्यले विद्यालय पोसाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।
आइतबार बिहान कोहलपुरमा ट्रकले ठक्कर दिदा कक्षा ७ मा पढ्ने कोहलपुर १० की प्रकृति चन्द सख्त घाइते भएपछि नेपालगन्ज-कोहलपुर खण्डमा प्रदर्शन चर्केको थियो स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित १५ जनाभन्दा बढी घाइते भएका छन् । प्रहरिले बिधार्थिहरुमाथी निर्मम बल प्रयोग गरेकोमा प्रहरिको सर्बत्र आलोचना भइरहेको छ ।








