प्रधानमन्त्री ओलीको अनुपस्थितिमै नेकपा सचिवालय बैठक बस्दै



२३ मंसिर, काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।

अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।पार्टीको बैठकमा उपस्थित नभए पनि प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक डाकेका छन्।

प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार  ७ : ०१ बजे