चितवन,
चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ वर्षीय अविनाश महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहिस्थानका पाँच जनालाई पक्राउ गरेको हो ।
हत्या आरोपमा भरतपुर २७ निवासी २५ वर्षीय विनोद कुमार महतो, ३६ वर्षीय दीपेन्द्र महतो , २७ वर्षीय यमकुमार महतो र २० वर्षीय विजय महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए ।
पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । उनीहरूसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
मङ्सिर १२ गतेबाट हराइरहेका अविनाशको शव मङ्सिर १५ गते गाडेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए ।








