कांग्रेसमा अझै सुधारको खाचो छ : महामन्त्री डा . कोइराला



न्यू सञ्चार, मोरङ-

कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले जनताले काँग्रेस सुधारिएको हेर्न चाहेको बताएका छन ।

जी पी कोईराला अध्ययन केंद्र मोरंगले आयोजना गरेको नेपालको संबिधानको कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका “बिसयक ख़ुल्ला शभालाई सम्बोधन गर्दै महामंत्री डा. कोईरालाले भर्खरै सकिएको उपनिर्बाचनमा पार्टिको मत बढेको देखिए पनि जनता अझै कांग्रेसप्रती पुर्ण रुपमा आश्वास्त नदेखिएको बताएका हुन ।

महामंत्री डा .कोईरालाले सरकार जनतासामु आलोचित र बिश्वाश योग्य नभएको बेलामा पनि सरकार र सत्तरुढ दलसग असन्तुष्ट जनताले कांग्रेसलाई बिश्वाश गर्न नसकिरहेकोले पार्टी भित्रको एकतालाई अझ मजबुत बनाउदै र पार्टिलाई सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

कोइरालाले निर्बाचनको क्रममा जनतामा कांग्रेसप्रती आकर्षित देखिए पनि कांग्रेसले जनतालाई आश्वासत पार्न देशमा सुसासन र बिकाशका लागी पार्टिको प्रतिबद्दता जनतासामु पुष्टी गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।

नेपालको पछिल्लो राजनितिक परिवर्तन र संबिधानसभा मार्फत संबिधान जारी गरेर राजनितिक परिवर्तनलाई संस्थागत गर्न पूर्व प्रधानमन्त्री एबम कांग्रेसका पूर्व शभापती स्वर्गिय गिरिजा प्रसाद कोइराला र स्वर्गिय शुशिल कोइरालाले पुर्याएको योगदान अबिस्मरणिय रहेको कार्यक्रममा डा . कोइरालाले उल्लेख गरे ।

महामंत्री डा.कोईरालाले कांग्रेसले संबिधानको कार्यान्वयन र बिकाशको मुद्दामा सरकारलाई रचनात्मक सहयोग गरिरहेको उल्लेख गर्दै सरकार र बिभिन्न कोणमा छरिएका कम्युनिष्ट पार्टिहरुकै कारण संबिधानको सफल कार्यान्वयन हुनेमा प्रश्न उब्जिएको बताए ।

संबैधानिक निकाय, सुरक्षा संयन्त्र लगायत राज्यका अन्य निकायहरुलाई नियन्त्रण गर्न खोजेर सरकार आफैले संबिधानको उलङ्घन गरिरहेको कोइरालाले आरोप लगाए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु डा. मिनेंद्र रिजाल ,गुरु घिमिरे र नेता डा. सुनीलशर्मा लगायतले सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार  १ : ४२ बजे