न्यू सञ्चार, काठ्माण्डौ-
लोक सेवा आयोगले लामोसमय देखी रिक्त रहेका राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ।
आयोगले बुधबार सूचना जारी गर्दै ठुलो सङ्ख्यामा विज्ञापन खुला गरेको हो ।स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पुस १५ सम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्नेछन्।आयोगले अप्राविधिकतर्फका अधिकृतहरु का लागि दरखास्त आह्वान गरेको हो।
आयोगले जारीगरेको सुचना अनुसार न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपांग ६ तेसैगरिपरराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा खुलातर्फ २३८, महिलातर्फ ७७, आदिवासीजनजातितर्फ ६१, मधेसीतर्फ ५१, दलित, अपांग र पिछडिएको क्षेत्रमा क्रमश: २०, ११ र १० जनाका लागि विज्ञापन गरिएको छ।
स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पुस १५ सम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्नेछन्।








