न्ययोचित र बिबेकपुर्ण ढङ्गले नेबिसंघ गठन गर्न नेताहरुको माग



न्यू सञ्चार,काठ्माण्डौ-

नेपाल बिद्यार्थी संघका नेताहरुले न्ययोचित र बिबेकपुर्ण ढङ्गले नेबिसंघ गठन गर्न पार्टी शभापती तथा पार्टी नेतृत्व सग माग गरेका छन ।

काठ्माण्डौको कमलदीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित एक कार्यक्रममा नेताहरुले यस्तो माग गरेका हुन ।यस अघिको केन्द्रिय समिती पार्टिले बिघठन गरेपछी हाल लामो समय देखी नेबिसंघ नेतृत्व बिहिन अवस्थामा रहेको छ ।संघलाई लामो समय नेतृत्वबिहिन अवस्थामा राख्न नहुने सबैको दबाबका बिच पार्टीले नेबिसंघ गठन गर्ने तयारी गर्दै गर्दा उक्त कार्यक्रम मार्फत सङ्गठनमा इमान्दारीताका साथ काम गरेका नेताहरुलाई बिबेकपुर्ण र न्यायोचित तबरमा नेतृत्वमा ल्याउनुपर्ने अहिलेको परीस्थितीको स्मरण गराउन र दबाब दिन उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका आयोजकहरुले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा बोल्दै नेबिसंघका पुर्वमहामन्त्री मनोजमणी आचार्यले कामको उचित मुल्याङ्कन र पार्टी भित्रको राजनितिक सन्तुलन लाई मिलाएर नेबिसंघ गठन गर्न माग गरे ।

काग्रेस उत्पादनको नर्सरीको रुपमा रहेको नेविसंघलाई उपयुक्त नेतृत्वले अघी बढाए र नेबिसंघ गतिशिल भए मात्र मात्र काग्रेस बलियो हुनेमा आचार्यले जोड दिए ।उनले गुटका आधारमा मात्रै नेतृत्व छान्दा त्यसले अन्तत: पार्टीलाईनै कमजोर बनाउने कुरामा बिचार पुर्याउन नेताहरुलाई सुझाब दिए ।

पार्टी प्रतिपक्षमा रहेको र देशमा कम्युनिष्ठको बर्च्स्व रहेको अहिलेको अवस्थामा पार्टी भित्र कसैले कसैलाई पेलेर निर्णय गर्नु भन्दा न्यायोचित निर्णय र सहमतिका  साथ अघी बढुनुपर्ने आचार्यले बताए ।

उक्त कार्यक्रममा संघका पुर्वमहामन्त्रीहरु गजेन्द्र कार्की,प्रतिमा गौतम,काग्रेस प्रशिक्षण प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाई, नेबिसंघका नेताहरु हिमालदत्त श्रेष्ठ,दिपक भट्टराइ, निबर्तमान उपाध्यक्षहरु नबिन राइ, सागर परियार संघका बिधार्थी नेताहरु शिव रिमाल,मनहरी श्रेष्ठ्,मोती भण्डारि,लीलाबल्लभ दाहाल लगायत निबर्तमान तथा पूर्व पदाधिकारी एबम सदस्यहरु र बिभिन्न जिल्ला तथा क्याम्पसका बिधार्थी नेताहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार  २ : ५५ बजे