राखेप सदस्य सचिब सिलवलले दौरा सुरुवाल दिएर मन्त्रीहरुको चाकडी गरेको अध्यक्ष बस्नेतको आरोप



काठ्माण्डौ-

नेपाल तरुण दलले स्वर्ण पदक जित्ने सबै खेलाडी हरुलाई बधाइ दिएको छ ।

दलका अध्यक्ष जितजङ बस्नेतले विज्ञप्ति  मार्फत खेलाडी, प्रशिक्षक र कर्मचारीहरूलाई धन्यावाद र बधाई दिएका हुन ।अध्यक्ष बस्नेतले बिज्ञप्तिमा राष्ट्रीय खेलकुद परिषदले मन्त्रीहरू दौरा सुरुवा खरिद गरेको विषयमा आफ्नो ध्यान आकर्षण भएको उल्लेख गरेका छन ।

नेपाली होनाहार खेलाडीहरूलाई शुटिङ, साईक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरूको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रियस्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्ने कार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कुरामा ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ ।

प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार  ३ : ३० बजे