सभामुखमा सुवास नेम्वाङ र अग्नि सापकोटाको भिडन्त : कसले मार्ला बाजी ?



काठमाडौं, २६ मंसिर –

सत्तारुढ नेकपाले संसदको हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ ।उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी गरे पनि नेकपा अध्यक्षद्वय केपी ओलि र प्रचण्डको रोजाइमा उनि नपरेका कारण उनले बाहिरिनुपर्ने भएको नेकपा निकट श्रोतले बताएको छ ।

सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने भएको हो ।

हाल नेकपाका झण्डै आधा दर्जन नेताहरु सभामुख बन्न रस्साकस्सीमा लागेका छ ।सभामुख बन्न थुप्रै नेताहरुको चाहना भएपनी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुखमा समर्थन गरेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेम्वाङसँग अनुभव भएकाले उनलाई बनाउनुपर्ने पक्षमा ओली देखिएका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूले चाहेकोलाई सभामुख बनाउने अडान लिएका छन् । उनले अग्नि सापकोटाको पक्षमा अडान लिइरहेका छन । सापकोटा प्रचण्डका विश्वासपात्र मानिन्छन ।

नेम्वाङ र सापकोटा प्रमुख दाबेदार देखिएपछि ओली र प्रचण्ड बसेर आगामी सभामुखको बारेमा टुंगो लगाउने भएका छन् ।दुइ नेताले आउँदो हप्ताभित्र सभामुखको लगाइ सक्ने बताइएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि गत असोज १४ गते राजीनामा दिएका थिए ।

त्यसयता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यवाहक सभामुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहिबार  १० : ३५ बजे