नेपाली कांग्रेस केन्द्रियसमितिको बैठक बिबादित



न्यू सञ्चार, काठ्माण्डौ-

नेपाली कांग्रेस केन्द्रियसमितिको बैठक बिभाजित र बिबादित बनेको छ । आज (बिहिबार) पार्टी केन्द्रिय कार्यलयमा बस्ने भनिएको बैठकमा प्रस्तुत हुने बिषयबस्तुहरुमाथी पार्टिको संस्थापन र संस्थापनइतर पक्षबिच कुरा नमिल्दा बैठक बिबादित बनेको हो ।

पार्टिको १४औ महाधिबेशनको कार्यतालिकालाई छलफलको प्राथमिकतामा राख्न पर्टी संस्थान पक्ष असहमत भएकाले पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल .महामन्त्री डा .शशाङ्क कोइराला, कोषाध्यक्ष सितादेबी यादब्,  नेता प्रकाश्मान सिंह, कृष्ण सिटौला ,डा रामशरण महत लगायतका नेताहरु र केन्द्रिय सदस्यहरु असहमती राखेर बैठकमा उपस्थित नभएपछी कांग्रेस केन्द्रियसमितिको बैठक बिबादित बनेको हो ।

महाधिबेशनको कार्यतालिकालाई प्रथमिकतामा नराखेर केन्द्रिय समितिको समय  सकिन तीन महिना मात्रै बाकी रहदा शभापती शेर बहादुर देउबाले महाधिबेशनको कार्यतालिकालाई भन्दा बिभाग गठनलाई प्राथमिकतामा राख्न खोजेकोले बैठकमा आफुहरु अनुपस्थित भएको पार्टी कार्यलयमा पत्रकारहरुसग बोल्दै पार्टिका बारीष्ठ नेता रामचन्द्र पौडेलले बताए । पार्टी संस्थापन पक्षले भने केन्द्रिय समिती बैठक जारी रहेको बताएको छ ।

बैठक आगामी २९ गते पुन: बस्ने पार्टी कार्यलयले जनाएको छ ।

पार्टी देशैभरी पराजित भएको बर्तमान अवस्थामा पनि पार्टी भित्र बेला बेला बिबाद बढ्दा देशैभरिका नेताकार्यकर्ताहरुले असन्रुष्टी ब्य्क्त गर्दै आएका छन ।

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहिबार  २ : ०८ बजे