काठमाडाैं-
सत्तारुढ नेकपाको आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ ।
नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको बताइएको छ ।सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ।बैठक स्थगित गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सचिवालय बैठक र स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागेको प्रचण्ड निकट श्रोतले जनाएको छ ।
यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो।
सोही कारण सचिवालय बैठक सारिएको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालय बैठकबाट केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पनि पूर्णता दिने तयारी छ।








