काठ्माण्डौ-बिबिसिबाट
बेलायतमा बिहीवार सम्पन्न आमनिर्वाचन पछी भारी बहुमतका साथ् बोरिस जोनसन ब्रिटिश प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
बिहीवार भएको निर्वाचनमा उनको कन्जर्भेटिभ पार्टीले संसद्मा स्पष्ट बहुमत सङ्ख्या पुर्याइसकेको छ।बेलायतमा ५ वर्षको बीचमा हिजो तेस्रोपटक आम निर्वाचन भएको हो ।
‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयमा यसअघि उनी टरिजा मेलाई विस्थापित गर्दै आएका थिए। पहिले पत्रकार रहेका जोनसन यसअघी एक लाख ६० हजार पार्टी सदस्यहरूमार्फत् मात्र छानिदै कन्जर्भेटिभ पार्टीको नेताको रूपमा राजनितिमा आएका हुन ।
बेलायतमा बिहीवार सम्पन्न आमनिर्वाचनपछी अहिले भने उनलाई, उनको दललाई र उनले लिएको नीतिलाई मतदाताहरूले छानेका छन्।
जोनसनले विभाजित विचार र उत्तेजनात्मक विवादहरूका बीचबाट आफ्नो करिअर तय गरेका हुन्।
विपक्षी नेता जेरेमी कोर्बिनले आफ्नो पार्टीलाई हिजोको रात निराशाजनक भएको बताएका छन् । उनले आफूले अब भविश्यमा चुनाव नलड्ने समेत घोषणा गरेका छन् ।










