न्यू सञ्चार, काठ्माण्डौ-
पछिल्लो समय पार्टीमा बढेको बिबाद मिलाउन छलफल गर्नकालागिका कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको छ ।।
छलफलका लागी उपसभापति निधि कोइराला निवास महाराजगञ्जमा पुगेका थिए । दुइ नेताबिच पार्टीका भात्री संस्था,बिभाग गठन र महाधिबेशन कार्यतालिका लगायतका महत्वपुर्ण बिशयहरुमा छलफल भएको र छलफल सकारात्मक दिशामा अघी बढेको महामन्त्री कोइरालाका स्वकिय सचिब भरत तिबारिले न्यूसञ्चारलाई बताए ।
पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा . शशाङ्क कोइराला, कोषाध्यक्ष सितादेबी यादब्, नेता प्रकाश्मान सिंह,लगायतका नेताहरुको अनुपस्थितिमा केन्द्रीय समिति बैठक चलिरहेको भए पनि बैठकमा महत्वपुर्ण एजेण्डा प्रबेश नगराइ सामान्य छलफल जारी राख्ने र र नेताहरुबिच सहमती बनेपछी सहमतिका आधारमा केन्द्रिय समिती बैठकमा छलफल शुरु हुने बताइएको छ । बैठक जारी रहेकै बेला नेताहरुबिच बढेको असमझदारि कम गर्दै सहमती खोज्नका लागी कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको बताइएको छ ।
दुइ नेता बिचमा भएको बार्ता सहमतितर्फ उन्मुख भएको बताइएको छ ।
छलफल सहमती नजिक पुगेको र पारिवारिक धार्मिक भ्रमणमा रहेका पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल फर्किए पछी आजै थप छलफल गरेर टुङ्गोमा पुग्ने सम्भाना रहेको बताइएको छ ।
पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने शभापती देउबाको अडान प्रती पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा . शशाङ्क कोइराला, कोषाध्यक्ष सितादेबी यादब्, नेता प्रकाश्मान सिंह, लगायतका नेताहरु र केन्द्रिय सदस्यहरुले असहमती राखेपछी पार्टिको जारी केन्द्रिय समिती बैठक समेत बिबादित बनेको छ ।
सहमती जुटाउन नेताहरु बिभिन्न चरणमा छलफलमा जुटीरहेका छन ।हिजो साँझ पनि उपसभापती निधि र नेता प्रकाशमान सिंहबीच चाक्सीबारीमा बार्ता भएको थियो।








