नेकपा स्थायी समितिको बैठक जारी : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल चल्दै



काठमाडौं, ३० मंसिर –

सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आजको बैठकमा १२ जना सदस्यले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।

बैठकमा पार्टीको एकता महाधिवेशन अर्को वर्षभित्र गरिसक्ने सहमति भएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको महाधिवेशन २०७७ सालको चैत्रसम्म गरिसक्ने सहमति भएको स्पष्ट पारे ।

स्थायी समितिको अर्को बैठक भोलि विहान ११ बजे पूनः बस्नेछ

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  २ : १६ बजे