घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ



काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न मंगलबार उनीहरुलाई आयोगको टोलीले त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : पुस १, २०७६ मंगलबार  १० : ४६ बजे