पुस २,काठ्माण्डौ- –
समृद्ध झापाका लागि अन्तर्रा्ष्ट्रिय झापाली समाज भन्ने मुल नाराका साथमा स्थापना भएको विश्वभरि रहेका झापालीहरुको सामाजिक संस्था अन्तर्रा्ष्ट्रिय झापाली समाजको केन्द्रीय कार्यसमितिमा विभिन्न देशहरुबाट पदाधिकारी तथा सल्लाहकारहरु मनोनयन गरिएको छ ।
अन्तर्रा्ष्ट्रिय झापाली समाज दोश्रो कार्यसमितिको डिसेम्वर १४, २०१९ मा बसेको बैठकले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुबाट प्राप्त सिफारीस र केन्द्रीय समितिको छलफलबाट २०१९,०२१ कार्यकालका लागि नयाँ पदाधिकारीहरु मनोनयन गरेको अध्यक्ष छ्त्र सुब्बाले जानकारी दिएका छन् । अध्यक्ष सुब्बाका अनुसार अन्तर्रा्ष्ट्रिय झापाली समाजको केन्द्रीय उपाध्यक्षमा इजरायलबाट दिपकप्रसाद ओलीलाई मनोनयन गरिएको छ । यसैगरी प्रवक्तामा लक्जमवर्गमा कार्यरत बालहरि राई नियुक्त भएका छन् भने सचिवमा युएईमा कार्यरत रामप्रसाद ढुंगेल सर्वसम्मत चयन भएका छन् । सह उपाध्यक्ष (ओसिनिया) मा अस्ट्रेलियामा कार्यरत अजय राजवंशी नियुक्त भएका छन् भने युएईबाट केन्द्रीय समिति सदस्यमा दिनेश नेपाल चयन भएका छन् ।
अन्तर्रा्ष्ट्रिय झापाली समाजको सोही बैठकले समुहको गरिमा बडाउन आफ्नो क्षेत्रमा विशेष योगदान गरेका र समाजको गतिविधिमा लामो समयदेखि सकारात्मक सहयोग गर्ने विभिन्न देशहरूमा कार्यरत दिग्ग्ज व्यातित्वहरुलाई सल्लाहकार समितिमा चयन गरेको छ ।
यसरी सर्वसम्मत चयन हुने सलाहकारहरुमा अमेरिकाबाट शम्भु ढुंगाना, प्रमोद सिटौला रहेका छन् । दक्षिण कोरियाबाट केपी सिटौला, कतारबाट महेन्द्र चौलागाई, रोमानियाबाट नवराज पोखरेल, जापानबाट मेघराज नेपाल, अस्ट्रेलियाबाट रुपराज मैनाली, ओमानबाट दिपक श्रेष्ठ, युकेबाट धनकिरण गुरुङ, आयरल्यान्डबाट गणेश प्रसाई, मलेसियाबाट, खगेन्द्र न्यौपाने, कुवेतबाट कुमार झापाली, हङकङबाट मदन कन्दङवा र त्रिभुवन लुन्गफुवा चयन भएका छन् । युएईबाट मेघराज सापकोटा पनि अन्तर्रा्ष्ट्रिय झापाली समाजको सल्लाहकार सदस्यमा मनोनित भएका छन ।
अन्तर्रा्ष्ट्रिय झापाली समाजका तर्फबाट महासचिव खेमराज जमरकटेल र अध्यक्ष सुब्बाले एक प्रेस नोटमार्फत नवनियुक्त सबै पदाधिकारीलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना प्रकट गरेका छन् ।
अन्तर्रा्ष्ट्रिय झापाली समाजले विश्वका करिब ४० देशहरुमा आफ्नो संजाल विस्तार गरेको छ । अध्यक्ष सुब्बाका अनुसार युरोपेली देशहरुमा अन्तर्रा्ष्ट्रिय झापाली समाजको संजाल विस्तार हुने क्रममा रहेको र स्पेन र पोर्चुगलमा गठनको सबै तयारी पुरा भएको छ ।
अन्तर्रा्ष्ट्रिय झापाली समाजको प्रत्यक्ष सहभागितामा कमल गाउँपालिका ०१ को मिस्रीबस्तीमा बाडी प्रभावित ९ घरपरिवारलाई एकएक वटा गरी ९ वटा घर निर्माण गरिसकेको छ । झापाका विभिन्न संस्था, गाउँ र नगरलाई एम्बुलेन्स प्रदान गर्ने प्रक्रिया जारी राखेको छ भने अन्तर्रा्ष्ट्रिय झापाली समाजले भैपरी आउने समस्याहरुमा सहयोग जारी राखेको छ ।