नेकपा स्थायी कमिटीमा केपी ओलीमाथि किन खनिए नेताहरु ?



काठमाडौँ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बुधबार पनि जारी छ । बुधबार पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्ने क्रम जारी छ ।

बैठकमा  नेताहरु बढी मात्रामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीमाथि खनिएका छन् । सरकार र पार्टीको समेत नेतृत्व गरेका ओलीमाथि सरकार र पार्टी सञ्चालनको शैलीलाई लिएर उनीहरु खनिएका हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीप्रती अषन्तुष्टी राख्नेहरुमा बिशेश गरी पूर्वएमाले पक्षधरहरु बढी रहेको नेकपा निकट श्रोतले जनाएको छ ।

ओली निकट मानिने शङ्कर पोखरेल लगायत  नेताहरुले पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) नै बनाउनुपर्नेमा पार्टीले अन्यथा गर्न लागेको आरोप लगाएका छन ।नेकपाका ८ लाख पार्टी सदस्य र नेता कार्यकर्ताहरु जबजकै पक्षमा रहेको उनको दाबी छ ।

नेतृत्वलाई रिस उठ्यो भने कुनै आरोप लगाएर कार्यकर्तामा बदनाम गर्ने र विरोधी गुटलाई जो जसले सक्यो त्यसैले समाप्त पार्ने खेलाले पार्टी भित्र असुरक्षा महसुस गराएको नेताहरुको भनाइ छ ।

बैठकमा बोल्ने धेरै नेताहरुले संघियता , समावेशी समानुपातिकता लाइ सरकारमा रहेकाहरुले आत्मसाथ नगरेको समेत आरोप लगाएका छन ।

पछि परेको वर्ग समुदाय तथा प्रदेशलाई माथि उठाउने कुरामा सरकार लाग्नुपर्नेमा ठिक उल्टो बाटोमा सरकार लागेको उनिहरुको आरोप छ ।

 

 

प्रकाशित मिति : पुस २, २०७६ बुधबार  १२ : ३७ बजे