काठमाडौं । सरकारले गोकर्ण रिसोर्टको जग्गा २५ बर्षका लागि यती समूहलाई दिने निर्णयमाथी नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले कडा टिप्पणी गरेका छन् । नेता खतिवडाले वर्तमान सरकार र विचौलियाले पूर्वराजाको सम्पत्ति बेचेर नांगो नाच देखाएको बताएका हुन् ।
सरकारले पूर्वराजाको सम्पत्ति गोकर्ण रिसोर्टको २७ सय ९३ रोपनी जग्गा थप २५ बर्षका लागि यती समूहलाई दिने निर्णय अहिले विवादित बनेको छ । नेता खतिवडाले राजाको सम्पत्ति आफ्नोमा ल्याउन लाग्ने सरकार प्रमुख र सरकारका विचौलियालाई बधाई समेत दिएका छन् ।
‘हिजोका राजाको सम्पत्ति आफ्नोमा ल्याउन लाग्ने सरकार प्रमुख र सरकारका बिचौलियालाई बधाई, किनकि येस्तो नाङ्गोनाच न हिजो पन्चायतमा राजाको पालामा थियो नभोलि होला,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘मुख छोपेर लाज देखाउने यो सरकार भ्रष्टाचार बिरोधि रे ?, बाच्नु पर्छ सबै देख्न पाइन्छ, हरे ओलिजी लाज बचाउने काम गर्नु होस्।’









