मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुराकी र भष्ट्राचार गरेकाले गाउपालिका अध्यक्ष शाहीलाई गिरफ्तार गर्नु परेको हो : बिप्लब समुह



दैलेख :

अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीला   नेकपा बिप्लब समुहले अपहरण गरेको खुलेको छ ।उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिजयी भएका हुन ।

अपहरणमा परेका छन् ।शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट लिएर गएको विप्लव समूहका एक जिल्ला नेताले जानकारी दिएका छन्। शाहीले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेकाले गिरफ्तार गरेको भनी विप्लव समूहले अभिव्यक्ति दिएको छ।

आफ्नै घरमा बसिरहेको अवस्थामा शनिवार राती करीव १२ वजे १५–१६ जनाको समुहमा रहेका टोलीले अध्यक्ष र उनको श्रीमती ईला शाहीलाई अपहरण गरिएको आफन्तले जनाएका छन् ।अध्यक्षसंगै उनका भाइ हस्तवहादुर शाहीलाई राती नै र श्रीमती ईला शाहीलाई आइतबार बिहान छोडेको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सुचना पाउनेवित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजीकार्यलाई तिव्र वनाउन आवश्यक तयारी भैसकेको जानकारी दिए ।

हतियारसहित रहेका विप्लव कार्यकर्तावाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न धेरै सर्तकता अपनाउनुपर्ने देखिएको उनको भनाई छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ३४ बजे