काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ । मंगलबार ढकालकी श्रीमती निलम शाह ढकाल सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।
गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच बुधबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हो।
उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।
तर, छोरीको लालन(पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो।