मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामकृष्ण ढकाल भन्छन् – निलमप्रती नकारात्मक टिप्पणी नगरिदिनुस , मेरो प्रेरणा श्रीमती निलम हुन् (स्टाटससहित)



काठमाडौँ –

गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गर्दैै उनले आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् ।

आफ्नो फेशबुक पेजमा लामो स्टाटस लेखेर सामाजिक सञ्जाल मार्फत निलमलाई गाली तथा आलोचना नगर्न समेत उनले आग्रह गरेका छन । ।उनले श्रीमती निलम शाह ढकालको तारिफ गर्दै आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती भएको बताएका छन् ।

ढकालले डिभोर्सको खबर आए देखी नै सामाजिक सञ्जालमा निलमलाई गाली गर्नेहारुको भिड छ । सामाजिक सञ्जालामा निलम प्रती गरिएको ब्यबहारले आफुलाई दुखी बनाएको समेत गायक ढकालले उल्लेख गरेका छन ।

उनले भनेका छन्,‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।’

उनले थप भनेका छन‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी सँधैझैँ हाँसीखुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ९ : ०५ बजे