मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वासको मत लिनुपरे पनि हाम्रा लागि महाभारत होइन, सञ्चारमन्त्री बास्कोटा



न्यू सञ्चार , काठ्माण्डौ-

समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछी सरकारले बिष्वासको मत लिनु पर्ने कि नपर्ने भन्ने बहस चलिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले सरकारसँग स्पष्ट बहुमत यथावत रहेका कारण समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन आवश्यक नपर्ने दाबी गरे ।

“ प्रधानमन्त्रीको साथमा भएको बहुमत कायमै छ,कुनै दल आएको थियो, निस्क्यो ।” उनले भने, “कानुनले विश्वासको मत लिनुपर्छ भन्छ भने हाम्रा लागि कुनै महाभारत होइन,” सञ्चारमन्त्री बास्कोटाले भने, “भोटिङ गर्न परे पनि १० मिनेटको काम हो ।सदनमा हात उठाउने त हो ।”

सत्तारुढ नेकपा सगै सत्ता सहयात्रा गरिरहेको दल समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने कि नपर्ने भन्ने बहस सुरु भएको छ । यस बिषयमा कानुन बिद हरु को समेत मत बाझिएको छ भने मन्त्री बाट राजिनामा दिएका समाजवादी पार्टीका कार्यकारीणी समितिका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले राजिनामा घोषणा गर्ब आयोजित पत्रकार सम्मेलनमा कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि प्रधानमन्त्रीले संविधानअनुसार विश्वासको मत लिनुपर्ने बताएका थिए ।

संविधानविद् हरुले भने यस बिशयमा फरक फरक धारणा ब्यक्त गरिरहेका छन ।संविधानविद् भीमार्जुन आचार्य कुनै एक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले अनिवार्य रुपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताएका छन । ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  १० : २७ बजे