मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं आउदै गरेको सुमो दुर्घटना, तिन जनाको मृत्यु



काठमाडौं । रौटहटबाट राजधानी काठमाडौं आउदै गरेको सुमो दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ ओखलडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना भएको हो।
दुर्घटना हुँदा पाँच जना घाइते समेत भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेका छन् भने घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ११ बजे