मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीकै अगाडी जब १७ बर्षिय युवतिले प्लेन चोरेर उडाउन खोजेपछि…



काठमाडौं । १७ वर्षीया युवतीले अमेरिकाको क्यालिफोर्नियामा प्लेन चोर्न लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टमा घुसेर प्लेन चोरेर लैजाने कोशिस गर्दै ती युवती समातिएकी हुन् ।

युवतीले प्लेन उडाउँदै गर्दा प्राविधिक समस्या आएपछि प्लेन पर्खालमा ठोकिन पुगेको थियो ।

फ्रेस्नो योशिमाइट इन्टरनेशनलको एयरपोर्टमा लुकेर भित्र पसेकी युवतीले प्लेन चालु गरेर उडाउन थालेपछि मात्रै अन्यले थाहा पाएका थिए । एयरपोर्ट पुलिस चीप ड्यू बेसिन्गरले सञ्चार माध्यमलाई जनाएअनुसार युवतीले सैन्य ४ सय मिटरको क्षेत्र पार गर्दै प्लेनसम्म पुगेकी थिइन् ।

प्रहरीले युवतीको नाम खुलाएको छैन् । युवतीमाथि थप अनुसन्धान भईरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ४९ बजे